सिइबिडी हाइड्रोपावरको शेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोवार ?

२६ जेष्ठ २०७८, बुधबार ११:२९

काठमाडौं । सिईबिडी हाइड्रोपावरको शेयर कारोबार आजबाट सुरु भएको छ । प्रि म्याचिङ सेसनमा ४१६ रुपैयाँमा म्याचिङ भएपछि आज पहिलो कारोबार भएको हो । सो कम्पनीको पहिलो कारोबार प्रतिक्रिया ४१६ रुपैयाँका दरले ५९ नम्वरको ब्रोकरबाट १० कित्ता शेयर बिक्री भएको छ । सो शेयर ३७ नम्वर ब्रोकरबाट कारोबार गर्ने लगानीकर्ता खरिद गरेका छन् ।

नेप्सेले हिजो सिईबिडी हाइड्रोपावरको शेयर सुचिकृत गर्दै अधिकतम ४१६ रुपैयाँ र न्यूनतम १३८.७९ रुपैयाँ ओपनिङ रेञ्ज तोकिएको थियो । आज सो कम्पनीको शेयर अधिकतम् मूल्यमा पहिलो कारोबार भएको हो ।

सिईबिडी हाइड्रोपावरको ८३ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*