समृद्धि फाइनान्सले ल्यायो मोवाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा

२६ जेष्ठ २०७८, बुधबार ११:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनीले मोवाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा ल्याएको छ । बैंकले आफना ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै समृद्धि मोवाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा ल्याएको जानकारी दिएको छ।

यस सुविधा अन्तगर्त सिटी एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले नेपालभरी पैसा पठाउन र विदेश वा नेपालभित्रबाट पठाएको पैसा घरै बसी पाउन सहज भएको छ ।

यसका साथै मोबाईल बैकिङ्ग एपमा रहेको रेमिट्यान्सबाट “रिसिभ मनी”प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैक खातामा संकलन गर्न पनि सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*