मेगा बैंकले कम्प्युटर प्रणालीबाटै ऋण दिने, यस्तो छ प्रक्रिया

२६ जेष्ठ २०७८, बुधबार १४:०९

काठमाडौं । मेगा बैंकले अब कम्प्युटर प्रणालीबाट ऋण प्रवाह गर्ने भएको छ । सो बैंकले क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीसँग आबद्ध भई यस्तो सुवा सुरु गरेको हो । बैंकले एसबी सल्युसनसँगको सहकार्यमा ऋण अटोमेसन प्रणाली सुरु गरेको जनाएको छ ।

बैकका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष विपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो प्रणालीबाट अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज हुने जनाइएको छ ।

बैंकका अनुसार ग्राहकहरुल घरैबाट कम्प्युटरबाट बैंकमा ऋणका लागि आवेदन दिनसक्नेछन् । कम्प्युटर प्रणालीबाट प्राप्त आवेदन बैंकको स्वचालित संयन्त्रले प्राप्त गरी कागजातहरुको विश्लेषण पश्चात ऋण प्रवाहको लागि प्रक्रिया अघि बढाउनेछ । स्वचालित हुने हुँदा ऋणी र बैंकका कर्मचारी दुवैको समय बचत हुनेछ ।

बैंकका अनुसार सो ऋण अटोमेसनले प्रणालीभित्र जोखिम प्यारामिटरहरुको अनुगमन गरेर ऋण लिएका ग्राहकहरुसँग सम्बन्धित जोखिम कम गर्नलाई पनि सहयोग पु¥याउने जनाइएको छ । बैंकले ग्राहक महानुभावहरुलाई थप सेवा पु¥याउने उद्देश्यले यो प्रणाली सुरु गरेको हो । यो नयाँ तरिकाले बैंकलाई छिटो र सरल तरिकाले ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ ।

सो प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको कम्पनीले जनाएको छ । स्वचालित प्रणालीले बैंकका ग्राहकको उद्देश्य मूल्यांकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ । यसबाट समयको बचत ५० प्रतिशत हुने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*