नेप्से १३ अंकले घट्दा १६ अर्ब माथीको कारोबार

२६ जेष्ठ २०७८, बुधबार १५:२१

काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समग्र मूल्य परिसूचक १३१ दशमलव ५६ अंकले घटेको छ । नेप्से सो अंकले घटेर २९४६.५८ विन्दु कायम भएको छ ।

आज २२१ कम्पनिले ३ करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर किनबेच गर्दा १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै नेप्सेको समूहमा रहेको १३ उपसूमह मध्ये आज ६ समूहको कारोबार बढेको छ । सबैभन्दा उच्च कारोबार गर्ने समूहमध्ये उत्पादन तथा प्रशोधन समूह रहेको । उक्त समूहमा आज २३७.४६ अंकले बढेर कारोबार भएको हो । त्यस लगत्तै कारोबार बढ्ने समूहहरुमा व्यापार समूहमा ७८.९३ अंक, वित्त समूहमा ४७.३८ अंक, निर्जीवन बीमा समूहमा ३९ अंक, जीवन बीमा समूहमा २९.१२ अंक र म्युचुअल फण्ड समूहमा शुन्य अंक यानिकी तटस्थ रहेर कारोबार बढेको छ ।

त्यसबाहेकका अन्य ७ समूह भने आज राताम्य भएका छन् । बैकिङ समूहमा ११.३४ अंक, होटल तथा पर्यटन समूहमा २.०१ अंक, विकास बंैक समुहमा २११.८८ अंक, जलविद्युत् समूहमा १५.९१ अंक, अन्य समूहमा ३१.५२ अंक, लघुवित्त समूहमा १८.६५ अंक र लगानी समूहमा १.०१ अंकले गिरावट आई राताम्य भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*