यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी

२६ जेष्ठ २०७८, बुधबार १५:५१

काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेन्जमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडमा लगानीकर्ताहरु झुम्मिएका छन् । सो कम्पनीको आज सर्बाधिक कारोबार भएको हो । कम्पनीको आज ८७ करोड ९४ लाख ७७ हजार ६५३ रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसलगत्तै नेपाल पुनर्बीमा कम्पनीमा पनि लगानीकर्ताहरु झुम्मिएका छन् । सो कम्पनीको आज ६१ करोड ८० लाख ३८ हजार ३९३ शेयर कारोबार भएको छ । कम्पनीले हिजो १ अर्ब भन्दा बढिको सर्वाधिक कारोबार गरेको थियो । त्यसपछि नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा पनि लगानीकर्ताहरु आकर्षित भएको देखिएको छ । सो कम्पनीको आज ५१ करोड ६ लाख ७१ हजार १५२ रुपैयाँको शेयर कारोबार भएको छ ।

चौथो नम्बरमा उत्कृष्ट कारोबार गर्न सफल कम्पनी लुम्बिनी विकास बैंक रहेको छ । बैंकले आज ४८ करोड २८ लाख ९८ हजार २१९ रुपैयाँको शेयर कारोबार गरेको हो । त्यस्तै लगानीकर्ता झुम्मिएको अर्को कम्पनी हो, युनाइटेड मोदी हाइड्रोपावर कम्पनी । सो कम्पनीको ४७ करोड १४ लाख ६ हजार १० रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

त्यसलगत्तै उत्कृष्ट कारोबार गर्ने कम्पनीहरुमा शिवम् सिमेन्टले ३९ करोड बढिको कारोबार गरेको छ । लगत्तै ज्योती विकास बैंकले ३६ करोड बढिको, प्रभु इन्स्योरेन्स लिमिटेडले ३५ करोड, हिमालयन डिस्टिलरीले ३३ करोडण् र मुक्तिनाथ विकास बैंकले ३० करोड भन्दा माथीको कारोबार गरेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*