प्राकृतिक व्यक्ति पुनर्बीमा कम्पनीको एजेन्ट बन्न नपाउने, पाँच करोडको कम्पनी अनिवार्य, बीमा समितिले जारी गर्यो नयाँ निर्देशिका

२६ जेष्ठ २०७८, बुधबार १७:०७

काठमाडौं । बीमा समितिले पुनर्बीमा दलाल सम्बन्धी कामको लागि न्यूनतम् पाँच करोड रुपैयाँ चुक्ता पुँजि भएको कम्पनी अनिवार्य गरेको छ । बीमा समितिले आज जारी गरेको निर्देशिका अनुसार १० करोड रुपैयाँ अधिकृत पुँजि भएको कम्पनीको कम्तीमा ५० प्रतिशत चुक्ता पुँजि भएको कम्पनीले मात्रै पुनर्बीमा दलाल सम्बन्धी काम गर्न सक्ने व्यवस्था गरिएको छ ।

साथै समितिले पुनर्बीमा दलाल सम्बन्धी कार्य गर्नको लागि परम्परागत रुपमा व्यक्तिगत तरिकाले लिएको लाइसेन्सलाई खारेज गर्दै अबदेखि कानुन बमोजिम संस्थापित कम्पनीले मात्रै पुनर्बीमा दलाल सम्बन्धी काम गर्न पाइने व्यवस्था गरेको छ ।

बीमा समितिले आज पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका २०७८ जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार छुट्टै कम्पनी संस्थापना गरी पुनर्बीमा दलाल सम्बन्धी काम गर्न पाइनेछ । त्यस्तै पनुर्बीमा दलाल कम्पनी बीमा समितिको स्वीकृति बिना स्वामित्व परिवर्तन तथा विघटन गर्न नपाइने व्यवस्था गरिएको छ । बीमा समितिले अनुगमन गर्न सक्ने गरी पुनबीमा दलाल कम्पनीको अवाधारणा अघि बढाइएको छ ।

यसले परम्परागत पुनर्बीमा दलाल व्यवसायको अन्त्य गरी संस्थागत व्यवसायलाई प्रबद्र्धन गरेको छ । बीमा समितिको यस्तो निर्णयले नेपालको पुनर्बीमा व्यवसायमा सकारात्मक प्रभाव पार्ने अनुमान छ ।

पुनर्बीमा-दलाल-ब्रोकर-सम्बन्धी-निर्देशिका-२०७८

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*