हिमालयन रि इन्स्योरेन्स कम्पनी औपचारिक रुपमा दर्ता

२६ जेष्ठ २०७८, बुधबार १८:३४

काठमाडौं । बीमा समितिले सेटिङमा दर्ता गर्न लागेको हिमालयन रि इन्स्योरेन्स लि. नामक संगठित संस्था कम्पनी रजिष्ट्रारको कार्यालयमा औपचारिक रुपमा दर्ता भएको छ ।

कोरोना महामारीको समयमा सर्वोच्च अदालतले शून्य समय मानेर सबै सार्वजनिक म्यादहरुमा तामेल गरेका अवस्थामा बीमा समितिले बैशाख १६ गते २१ दिने सूचनामार्फत प्रस्ताव आह्वान गरी हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिन आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

कम्पनी रजिष्ट्रार कार्यालय स्रोतका अनुसार यही जेठ २३ गते हिमालयन रि इन्स्योरेन्स लि. नामक कम्पनी औपचारिक रुपमा दर्ता भएको हो । सो कम्पनीले भ्याटमा दर्ता भई स्थानीय निकायमा समेत दर्ता गरेर बीमा समितिका लाइसेन्सको लागि आवेदन दिनेछ ।
बीमा समितिले हिमालयन रि इन्स्योरेन्स कम्पनीले आवेदन दिएकै दिन वा भोलिपल्ट लाइसेन्स दिने गरी तयारी गरेको बुझिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*