एनआइसी एशिया बैंकले ऋणपत्र निष्काशनका लागि पायो बोर्डबाट अनुमति

२६ जेष्ठ २०७८, बुधबार १८:५७

काठमाडौं । एनआइसी एसिया बैंकले ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

बैंकले १ हजार रुपैयाँ दरको ३० लाख कित्ता ‘८.५% एनआइसी डिबेन्चर २०८७’ जारी गर्न लागेको हो । यसमध्ये १२ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न पाउनेछन् ।त्यस्तै,अन्य संघसंस्थालाई पनि बिक्री गर्नेछ । बैंकले ऋणपत्र निष्काशनका लागि बिक्रि प्रबन्धमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*