हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

२७ जेष्ठ २०७८, बिहीबार ००:४४

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम आज अन्तिम दिन रहेको छ।कम्पनीले हकप्रद निष्कासन प्रयोजनको लागि जेठ २८ गते बुक क्लोज गरेसँगै आजसम्म कायम रहेका शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले अव ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि बुक क्लोज गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत जेठ ९ गते पाएको थियो ।

कम्पनीको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको हालको चुक्तापूँजी १६ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।हकप्रद शेयर निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजी २७ अर्ब ५० करोड पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*