टीकापुरकी शोभा बमको कोरोनाबाट मृत्यु, काजकिरिया नसकिदै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा १० लाख दावी भुक्तानी

२७ जेष्ठ २०७८, बिहीबार ०९:४९

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एक बीमितको मृत्यु पश्चात काजकिरिया नसकिदै बीमा दावी भुक्तानी गरेको छ । सो कम्पनीको कैलाली, टीकापुर शाखाबाट बीमा गरेकी बीमित शोभा कुमारी बमको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकोमा बीमा दावी बापतको १० लाख ३५ हजार रुपैयाँ र किरिया खर्च ५० हजार रुपैया बीमितको काजकिरिया नसकिदै बीमितको घरैमा पुगेर दावी भुक्तानी गरेको हो ।

टीकापुर नगरपालिका–१ निवासी बीमित शोभा बमको निधन पश्चात उनका श्रीमान ध्रुब राज खत्रीले सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीमा विद्युतीय माध्यमबाट दावी भुक्तानी माग गर्दै आवश्यक कागपत्र समेत विद्युतीय माध्यमबाट बुझाएका थिए ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय शाखा प्रबन्धक केशव राज गिरी हिजो बुधबार बीमितको घरमा पुगेर दावी भुक्तानी दिएका हुन् । १० लाख रुपैयाँको बीमा गरी पहिलो किस्ता बापतको ७८ हजार रुपैयाँ रकम बुझाएकोमा उनको यही जेठ १७ गते कैलालीको टिकापुर अस्पतालमा मृत्यु भएको थियो । उनले बीमाङ्क बराबरको १० लाख, बोनस रकम ३५ हजार तथा काजकिरिया खर्च बापत ५० हजार गरी जम्मा १० लाख ८५ हजारको रकम दाबीकर्ता ध्रुब बहादुर खत्री को बैकं खातामा अनलाइन मार्फत जम्मा क्षेत्रीय शाखा प्रबन्धक गिरीले जानकारी दिए ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको वेबसाइटमा रहेको अभिकर्ता पोर्टल लग इन गरि आवश्यक कागजातहरु स्क्यान गरि अप्लोड गरेपछि आवश्यक विवरणहरु भरेर दुई कार्य दिनमै बीमामा उल्लेख भए अनुसारको लाभ दाबीकर्तालाई दिइएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*