नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।
संस्थाको संचालक समितिको २०७८/०१/१० गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार साउन १ गतेदेखि लागू हुने गरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो ।
संस्थाले १ वर्षको लागि शेयर सम्बन्धि सम्पूर्ण कार्र्य गर्नको लागि आरविवि मर्चेन्टलाई नियुक्त गरेको सूचना जारी गर्दै नेप्सेलाई जानकारी गराएको हो ।