सीईडीबी हाइड्रोपावरको शेयरमा लाग्यो सर्किट

२७ जेष्ठ २०७८, बिहीबार १२:१४

काठमाडौं । सीईडीबी हाइड्रोपावरको दोस्रो बजारमा कारोबार भएकोे दोस्रो दिन बिहीवार ९ दशमलव ८५ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५ सय २ रुपैयाँ पुगेको हो । कम्पनीको शेयरमा बिक्रिकर्ता भन्दा बढी खरिदता भएकाले शेयरमूल्यमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । बीमा पोष्टले यो समाचार तयार गर्दासम्म खरीद माग ६ लाख ९४ हजार १११ कित्ता रहेकोछ भने विक्री माग भने शून्य रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*