प्रम ओलीद्वारा मन्त्रिपरिषद विस्तार, ८ मन्त्री थपिए, को को बने नयाँ मन्त्री

२७ जेष्ठ २०७८, बिहीबार १२:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद आज पुनः थप विस्तार गरेका छन् । निर्वाचनको मिति घोषणा गरिसकेपछि पनि मन्त्रिपरिषद विस्तार गर्दै सात मन्त्री र एक जना राज्यमन्त्री सहित कूल आठ जना नयाँ मन्त्रीहरु थप गरेका छन् । सो मध्ये दुई वटा मन्त्रालय पूर्व माओवादीबाट एमालेमा प्रवेश गरेकाहरुलाई बनाइएको छ ।

प्रधानमन्त्री ओलीले सञ्चार मन्त्रीमा पूर्व गृहमन्त्री बादलकी श्रीमती नैनकला थापालाई नियुक्त गर्दैछन् । त्यसैगरी, रिक्त गृहमन्त्री पदमा खगराज अधिकारीले बाजी मारेका छन् । गृहमन्त्रीमा भक्तपुरका युवा नेता महेश बस्नेतको समेत नाम आएको थियो । तर, अन्त्यमा अधिकारीले बाजी मारेका हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आजै अपरान्ह ४ः०० बजे नव नियुक्त मन्त्रीहरुलाई शपथग्रहणको लागि राष्ट्रपति भवन शितल निवासमा बोलाइएको छ ।

१. नारदमुनी राना, वनमन्त्री

२. मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

३. खगराज अधिकारी, गृहमन्त्री

४. नैनकला थापा, संचारमन्त्री

५. ज्वालाकुमारी साह, कृषिमन्त्री

६. . राजकिशोर यादव, उद्योगमन्त्री

७. गणेश पहाडी, सामान्य प्रशासनमन्त्री

८. आशा विक, वनराज्यमन्त्री

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*