महालक्ष्मी लाइफ इन्स्योन्सको व्यतित बीमालेख नविकरण गर्दा बिलम्व शुल्कमा छुट

२७ जेष्ठ २०७८, बिहीबार १४:४१

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योन्सले जेठ २७ गते देखी लागु हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बीलम्व शुल्कमा छुट दिने ब्यवस्था गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारणले अधिकाश जिल्लामा निषेधाज्ञा भएकाले सार्वजनिक आवागमन बन्द रहेकोे तथा बैंकका शाखाहरु पनि सन्चालनमा नरहेको र समयमा किस्ता तिर्ने रकमको ब्यवस्था नहुने जस्ता विभिन्न समस्यालाई मध्य नजर गर्दै कम्पनीले बीमा शुल्क भुक्तानीमा विलम्व शुल्क नलिने निर्णय गरेको हो ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले जारी गरेको सूचना अनुसार २०७८ आषाढ मसान्तभित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई तीन महिना सम्मको बक्यौता रहेको भए १०० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ । त्यस्तै, तीन महिना भन्दा बढि र ६ महिना सम्मको बीमा शुल्क भुक्तानी गर्न बक्यौता भएमा ७५ प्रतिशत छुट र छ महिना भन्दा माथिका जतिसुकै समयको लागि ५० प्रतिशत सम्मको विलम्ब शुल्क छुट दिइने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*