यी हुन आज सर्वाधिक कारोबार भएका १० कम्पनी

२७ जेष्ठ २०७८, बिहीबार १५:१०

काठमाडौं । साताको अन्तिम दिन हाइड्रो इलेक्ट्रिसीटी कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । सो कम्पनीको ८३ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आजको सर्वाधिक १० कम्पनीको सूचिको दोस्रो नम्वरमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । सो कम्पनीको ४५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, लुम्बिनी विकास बैंकको ४३ करोडको शेयर कारोबार भएको छ भने अपि पावर कम्पनीको ३८ करोड रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको ३५ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने रिडी हाइड्रोपावर कम्पनीको ३३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहिवार एकै दिन सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा परेको अरुण कावेली हाइड्रोपावरको २५ करोड रुपैयाँको शेयर कारोबार हुँदा एनसीसी बैंक र ज्योति विकास बैंक दुवैको २४–२४ करोडको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*