नेप्से घटेर २९४४ मा झर्यो, कारोबार १६ अर्ब माथि

२७ जेष्ठ २०७८, बिहीबार १५:१६

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा शेयर मूल्य सूचक सामान्य अंकले घटेको छ । बिहिवार नेप्से १.८० अंकले घटेर २९४४.७८ को बिन्दुमा रोकिएको छ । हिजो ठूलो अंकले गिरावट आएको नेप्सेमा बिहिवार सामान्य अंकले तल झरेको हो ।

बिहिवार कूल २२० वटा कम्पनीको १६ अर्ब १० करोड चार लाख १२ हजार ४३६ रुपैयाँको शेयर कारोबार भएको छ । आज कूल तीन करोड छ लाख छ हजार ६४४ कित्ता शेयर कारोबार भएको छ ।

आज विकास बैंक समुह २.६३ प्रतिशतले बृद्धि भएको छ भने जीवन बीमा कम्पनीको मूल्य घट्दा उपसूचिक १.४४ अंकले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*