भोलि यी तीन बीमा कम्पनीको साधारणसभा हुँदै, के–के छन् एजेण्डाहरु ?

२७ जेष्ठ २०७८, बिहीबार १८:२४

काठमाडौं । भोलि तीन बीमा कम्पनीको साधारणसभा हुँदै छ । शुक्रबार हिमालयन जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको एकैदिन हुने भएको हो ।

हिमालयन जनरल इन्स्योरेन्सले केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा शुरु गर्ने जानकारी गराएको छ । सभाले ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जेठ १२ गतेसम्मका कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सले सभा बेलुका ४ बजे गर्ने जानकारी गराएको छ । सभाले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जेठ १३ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।

त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्सले सिद्धार्थ भवनमा बिहान ११ बजे सभा शुरु गर्ने भएको हो । सभाले १२ प्रतिशत बोनस शेयर र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस कम्पनीको लाभांश जेठ १३ गतेसम्मका कायम शेयरधनीले लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*