८ बीमा कम्पनी सर्वाधिक गुमाउने सूचिमा, यी हुन आजका सर्वाधिक कमाउने र गुमाउने कम्पनी

२७ जेष्ठ २०७८, बिहीबार १५:३९

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज जीवन बीमा कम्पनीहरुको मूल्य घटेको छ । जीवन बीमा उपसमुहको समग्र मूल्य परिसूचक १.४४ प्रतिशतले घटेको छ । त्यसो त आजका सर्वाधिक गुमाउने कम्पनीहरुमा बीमा कम्पनीहरुको बर्चश्व रहेको छ । बिहिवार हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ३.१९ प्रतिशतले घटेको छ भने युनाइटेड इन्स्योरेन्सको मूल्य ३.१८ प्रतिशतले घटेको छ । त्यस्तै, एलआईसी नेपालको २.६८ प्रतिशत र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य २.५२ प्रतिशतले तल झरेको छ ।


त्यस्तै, एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर मूल्य २.४८ प्रतिशत र एनएलजी इन्स्योरेन्सको शेयर मूल्य २.४४ प्रतिशतले तल भरेको छ ।त्यस्तै, शिखर इन्स्योरेन्सको २.१६ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य २.०८ प्रतिशतले घटेको छ । बिहिवार सर्वाधिक गुमाउने १० कम्पनीको सूचिमा ८ वटा बीमा कम्पनी परेका छन् । सर्वाधिक गुमाउने कम्पनीमा गोर्खा फाइनान्स छ । सो कम्पनीको शेयर मूल्य ४.२५ प्रतिशतले घटेको छ ।

बिहिवार सर्वाधिक कमाउने कम्पनीहरुको सूचिमा पाँचथर पावर, लिबर्टी इनर्जी कम्पनी, शिवश्री हाइड्रोपावर, ङादी हाइड्रोपावर, माउन्टेन इनर्जी, छ्याङ्दी हाइड्रोपावर रहेका छन् । त्यसैगरी रिडी हाइड्रोपावर, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स, सिइबिडी हाइड्रोपावरको मूल्य सर्किट लागेर अर्थात १० प्रतिशतले बृद्धि भएको छ । बिहिवार एकै दिन १३ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*