भाटभटेनीमा एटिएम मेशिन फुटाउने रंगेहात पक्राउ

२७ जेष्ठ २०७८, बिहीबार १८:४९

काठमाडौँ । महानगरीय प्रहरी वृत्त नक्साल, मालिगाउँले भाटभटेनीमा एटिएम मेशिन तोडफोड गरी रकम चोरी गर्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।

भाटभटेनीमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेशिन फुटाएर रकम चोरी गर्दै गरेको अवस्थामा डडेल्धुरा जिल्ला सेतीबेशी गाउँपालिका ४ घर भएका २१ वर्षीय दिनेश क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनले राजधानीको व्यस्त भाटभटेनीमा रहेको एटिएम मेशिन फुटाएर रकम चोरी गर्ने प्रयास गरेका थिए ।

बुधबार मध्य राती एटीएम फुटाउने घरेलु हतियार सहित पुगेका उनले मुख्य मेशिन फुटाएर रकम निकाल्दै गर्दा महानगरीय प्रहरी वृत्त नक्साल–मालिगाउँको टोलीले रंगेहात पक्राउ गरेको हो ।

प्रहरीले सो बिषयमा थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*