आज ५ कम्पनीको साधारणसभा हुँदै, शेयरधनीले लाभांश कति पाउँछन् ?

२८ जेष्ठ २०७८, शुक्रबार ०७:५५

काठमाडौं । आज तीन बीमा कम्पनी सहित दुई फाइनान्स कम्पनीको साधारणसभा हुने भएको छ । आज हिमालयन जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेपाल फाइनान्स र ललितपुर फाइनान्सले साधारण सभा हुने भएको हो ।

हिमालयन जनरल इन्स्योरेन्सले केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा शुरु गर्ने हुने भएको छ । सभाले ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । जेठ १२ गतेसम्मका कायम रहेका शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सले सभा आज बेलुका ४ बजे हुने भएको छ। । सभाले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ। । जेठ १३ गतेसम्मका कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्सले सिद्धार्थ भवनमा बिहान ११ बजे सभा शुरु हुने भएको छ। सभाले १२ प्रतिशत बोनस शेयर र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जसमा जेठ १३ गतेसम्मका कायम शेयरधनीले लाभांश पाउनेछन् ।

त्यस्तै, नेपाल फाइनान्सले कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा र ललितपुर फाइनान्सले केन्द्रिय कार्यालय लगनखेलमा बिहान ११ बजे साधारण सभा गर्ने हुने भएको छ। यी दुवै कम्पनीको सभाको नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने विषेश प्रस्ताव पारित गर्नेछन् ।

त्यस्तै, नेपाल फाइनान्सले कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा र ललितपुर फाइनान्सले केन्द्रिय कार्यालय लगनखेलमा बिहान ११ बजे साधारण सभा हुने भएको छ। यी दुवै कम्पनीको सभाको नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने विषेश प्रस्ताव पारित गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*