सिभिल बैंकको सिइओमा पोखरेल नियुक्त

२८ जेष्ठ २०७८, शुक्रबार ०८:०९

काठमाडौं । सिभिल सहकारीका संस्थापक इच्छाराज तामाङ मुख्य प्रबद्र्धक रहेको सिभिल बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । सो बैंकको सिईओमा नेपाल र विदेशी बैंकमा करिब ३० वर्ष काम गरेका अनुभवी बैंकर सुनिल पोखरेल नियुक्त भएका छन ।

सो बैंक संचालक समितिको हिजो बिहीबार बसेको बैठकले पोखरेललाई चार वर्षको लागि सीईओ नियुक्त गरेको हो । उनी २०७६ जेठ २ मा सिभिलको डेपुटी सीइओमा नियुक्त भएका थिए ।

पोखरेलले नविल, स्टाण्डर्ड चाटर्ड बैंक र म्यानमारस्थित एसियन ग्रिन डेभलपमेन्ट बैंकमा समेत काम गरेका अनुभवी बैंकर हुन् । सिईओमा नियुक्त भएपछि पोखरेलले बैंकलाई थप गति दिने प्रतिबद्धता जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*