एचआईडिसीएलको हकप्रद शेयरको मूल्य समायोजन

२८ जेष्ठ २०७८, शुक्रबार ११:२१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले शुक्रवार एचआईडिसीएलको हकप्रद शेयरको मूल्य समायोजन गरेको छ ।नेप्सेले १०० प्रतिशत हकप्रद शेयरको समायोजनपछि शेयरमूल्य ३ सय ४३ रुपैयाँ तोकेको छ ।कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ५८६ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*