लाइफ इन्स्योरेन्स कर्पोरेशनकोे बोनस शेयर हितग्राही खातामा

२८ जेष्ठ २०७८, शुक्रबार ११:३२

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले शेयरधनीको खातामा रकम गराएको छ। इन्स्योरेन्सले गत फागुन २५ गते सम्पन्न १८ औं साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर जेठ २५ गते सूचीकरण भइसकेकोले शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ ।

सभाको प्रयोजनका लागि बुक क्लोजको समयमा शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको र भौतिक शेयरधारण गरेका शेयरधनीले शेयर अभौतिकीकरण गराएपश्चात सम्बन्धित शेयरधनीको हितग्राही खातामा उक्त शेयर जम्मा गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरिसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*