एनआईसी एशिया बैंकले असार ६ गतेदेखि ३ अर्ब बराबरको ऋणपत्र विक्री गर्दै

२८ जेष्ठ २०७८, शुक्रबार ११:३९

काठमाडौं । एनआईसी एशिया बैंकले असार ६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको छ ।बैंकले १० वर्षे अवधि एवं वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्रमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्न लागेको जानकारी दिएको छ।

बैंकले सर्वसाधारणका लागि छुट्याएको मध्ये ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ ।बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँको दरको यो ऋणपत्र छिटोमा असार ९ गते र ढिलोमा असार २० गतेसम्म आवेदन दिन पाउनेछ ।

यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । बैंकको ऋणपत्र विक्री प्रबन्धकका लागि सनराइज क्यापिटल नियुक्त गरिसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*