सांग्रिला बैंकको डिवेञ्चरको असार ६ गतेदेखि बिक्री खुल्ने, ९ प्रतिशत ब्याज पाइने

२८ जेष्ठ २०७८, शुक्रबार १३:४७

काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडको १० वर्षे अवधिको ऋणपत्रको बिक्री आगामी असार ६ गतेदेखि खुल्ला हुने भएको छ ।
बैंकले रु। ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७” को निष्काशन गर्न लागेको हो ।

असार ६ गतेदेखि निश्कासन हुने ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ ।
वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रतिइकाई रु। १००० दरमा किन्न पाइनेछ ।

कुल निश्कासन हुने ७ लाख ५० हजार इकाई९युनिट० डिवेञ्चरमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख युनिट सर्वसाधारणका लागि सार्वजनिक निश्कासनको माध्मयबाट बिक्री गरिनेछ ।

सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका इकाईमध्ये ५ प्रतिशतले हुन आउने १५ हजार युनिट भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ ।

बैंकको ऋणपत्रका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने श्री नागरिक लगानी कोषसँग यसअघि नै डिवेञ्चर प्रत्याभूत सम्बन्धी सम्झौता समेत भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*