४० प्रतिशत हकप्रद निष्काशन गर्न आईएमई जनरल इन्स्योरेन्सद्वारा बिक्री प्रबन्धक नियुक्त

२८ जेष्ठ २०७८, शुक्रबार १५:२८

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको कूल चुक्ता पुँजिको ४० प्रतिशत हकप्रद शेयरको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ४६ करोड ३० लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्नको लागि आज ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

आइएमई जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौतामा प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकाले हस्ताक्षर गरेका छन् ।

कम्पनीको २३ औ वार्षिक साधारणसभाबाट सात प्रतिशत बोनस शेयर पारित भई कायम हुन आएको चुक्ता पूँजी एक अर्ब १५ करोड ७५ रुपैयाँको ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । सो हकप्रदलाई बीमा समितिले स्वीकृत दिएपछि प्रक्रिया अघि बढेको हो । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*