यूनियन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

२९ जेष्ठ २०७८, शनिबार १३:४४

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको टीकापुर शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखाले एक कार्यक्रम आयोजना गरि ४२ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

कपनीका ७ नं. प्रदेश प्रमुख चन्द्र बहादुर बोहरा, उप–प्रदेश प्रमुख दोबन बहादुर रावल, शाखा प्रमुख अमित चौधरी र एजेन्सी म्यानेजर प्रेम बहादगुर थ्याइत लगायतको टोलीले बिमितको घरमै, गेरुवा गा.पा. वडा नं. ३, शान्तिबजार बर्दियामा गई बिमितको हकवाला श्रीमती ममता कुमारी खत्री सोडारीलाई उक्त चेक रकम हस्तान्तरण गरेको हो ।

बिमितले मिति २०७५ असार १ मा रु. २० लाखको बार्षिक अग्रिम भुक्तानी जीवन बिमा बिमालेख लिनएकोेथियो । बिमितको गत चैत्र २ गते मोटरसाइकल दुर्घटनामा परि निधन भएको थियो ।
कम्पनीको प्रदेश प्रमुख चन्द्र बहादुर बोहराले बर्तमानको सानो बचतले भविष्यको ठुलो आर्थिक जोखिम बहन गर्ने भएकोले हरेक परिवारमा जीवन बिमा अनिवार्य भएको कुरा प्रस्ट्याएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*