नेप्सेमा एलआईसी नेपाल सहित दुई कम्पनीको शेयर सूचिकृत, कुन कम्पनीको कति ?

२९ जेष्ठ २०७८, शनिबार १४:१९

काठमाडौं । यो साता नेप्सेमा तीन कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार यस साता २ कम्पनीको १ करोड १४ लाख १२ हजार ३ सय ६१ दशमलव ७८ कित्ता सेयर सूचिकृत भएको हो ।यो साता ग्लोबल आइएमई लघुवित्तको शेयर र सिईडिबी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) र लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल)को बोनस सूचीकरण भएको छ ।

नेप्सेमा मंगलबार लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको १० प्रतिशत बोनस बापतको २० लाख १० हजार कित्ता सेयर सूचिकृत भएको छ। सभाले आर्थिक वर्ष २०७५/७६ बाट वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशतले हुन आउने बोनस सेयर र ०.५२६३ नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोहि सेयर नेप्सेमा सूचिकृत गरिएको हो

।नेप्सेका अनुसार ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १ः०.९० को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको १० लाख ८ हजार २ सय ६१ दशमलव ७८ कित्ता सेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

त्यस्तै, नेप्सेमा मंगलबार सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) सूचीकृत भएको छ ।कम्पनीको ८३ लाख ९४ हजार १ सय कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*