लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश पारित, साधारणसभाले गर्यो यस्तो निर्णय

२९ जेष्ठ २०७८, शनिबार १९:०१

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत लाभांश हिजो सम्पन्न भएको १६औं वार्षिक साधारण सभाबाट पारित भएको छ ।

शुक्रबार अपरान्ह भर्चुअल माध्यमबाट सम्पन्न भएको आव २०७६।०७७ को बार्षिक साधारणसभाले वित्तीय विवरणहरु पारित गर्ने नियमित प्रक्रिया पूरा गर्दै कम्पनीले सो आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशत लाभांश पारित गरेको जनाएको छ । कम्पनीले गत आर्थिक वर्षमा आर्जित मुनाफाबाट ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेकोमा साधारणसभाबाट पारित भएको हो ।

बार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७ ÷७८ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने एजेण्डा पारित भएको छ । बैठकले सञ्चालक समितिको भत्ता बृद्धि गर्ने समेत निर्णय गरेको हो ।


लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा सम्पन्न भएको साधारण सभामा शेयरधनीहरुले संस्थाले अझै प्रगति गर्दै अघि बढ्न हौसला प्रदान गरेका थिए । साधारणसभामा अध्यक्ष मूलले कोरोना महामारीका बीचमा पनि कम्पनीले राम्रो प्रगति गरेको चर्चा गर्दै आगामी दिनमा अझै प्रगति गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*