हिमालयन जनरल इन्स्योरेन्सको मर्जर सम्बन्धी अधिकार सञ्चालक समितिलाई तोकियो, साधारणसभाबाट पारित भए यी प्रस्ताव

३० जेष्ठ २०७८, आईतवार १०:०६

काठमाडौं । अन्य कुनै बीमा कम्पनीसँग मर्जरमा जाने उपयुक्त अवसर आएको खण्डमा सो सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिँदै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ । सो साधारण सभाले लगानीकर्तालाई कूल ६.७५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सो साधारणसभाले कम्पनीले प्रस्ताव गरेको तीन प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद लाभांश पारित गरेको हो । लगानीकर्ताहरुले अब छिट्टै उक्त बोनस शेयर पाउने कम्पनीले जनाएको छ । साथै नगद लाभांश समेत कर कट्टी गरी खातामा पाइने कम्पनीको भनाई छ ।

भर्चुअल माध्यमबाट सम्पन्न भएको आव २०७६।०७७ को बार्षिक साधारणले अन्य नियमित प्रस्तावहरु पारित गरेको कम्पनीले जनाएको छ । अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन् भएको साधारणसभामाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदनमाथि भर्चुअल माध्यमबाट छलफल गरि पारित गरेको कम्पनीले जनाएको छ । त्यसै लेखा परिक्षक नियुक्ती सम्बन्धी प्रस्तावहरु पारित गरेको साधारणसभाले अध्यक्षको प्रतिवेदन समेत पारित गरेको जनाएको छ ।

साधारण सभाले विशेष प्रस्तावको रुपमा अन्य कुनै पनि बीमा कम्पनीलाई प्राप्ति गर्ने वा एक आपसमा गाभिने प्रयोजनको लागि उपयुक्त कम्पनीमा मर्जरमा जाने सम्बन्धी निर्णयका लािग सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ । मर्जरमा जानको लागि आवश्यक पर्ने सैद्धान्तिक स्वीकृतिको लागि बीमा समिति समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ती तथा दायित्वहरुको मूल्याङ्कन (डिडिए) गर्न मूल्यांकनकर्ता नियुक्ती गर्ने तथा प्राप्ती गर्न वा एक आपसमा गाभिनेसँग सम्बन्धित प्रचलित कानुन तथा निर्देशनहरु बमोजिम गर्नुपर्ने सम्पुर्ण आवश्यक प्रक्रियाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने लगायतका कार्य गर्न गराउन संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित भएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*