नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

३० जेष्ठ २०७८, आईतवार १२:००

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज अन्तिम दिन रहेको छ। लघुवित्तले ८० हजार कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि लिलामीमा विक्री विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार २२ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्ने हुन्छ ।

उक्त शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ सय कित्ताको लागि आवेदन दिनु पर्नेछ ।बोलपत्र जेठ ३१ गते अपरान्ह ३ बजे एनआइबिएल एस क्यापिटपल लाजिम्पाटमा खाल्ने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*