सीईडीबी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट

३० जेष्ठ २०७८, आईतवार १२:०८

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयर कारोबारमा आएको तेस्रो दिन पनि कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर आज ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५ सय ५२ रुपैयाँ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य दोस्रो बजारमा सूचीकृत भएदेखि नै सकारात्मक लेवलमा वृद्धि हुँदै आएको छ ।

बीमा पोष्टले यो समाचार तयार पार्दासम्ममा मार्केट डेप्थका अनुसार कम्पनीको शेयरमा खरीद माग ३ लाख ९२ हजार ६९३ कित्ता रहेको छ भने विक्री माग शून्य रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*