नक्कली शेयरको माग–आपूर्ति बन्द हुँदै, धितोपत्र बोर्डद्वारा टिएमएस सुधार्न निर्देशन

३० जेष्ठ २०७८, आईतवार १२:३३

काठमाडौं । आफूसँग हुँदै नभएको शेयर बिक्रीमा राखेर लगानीकर्ताहरुलाई मनोबैज्ञानिक त्रास देखाउने कार्य अब बन्द हुने भएको छ ।

धितोपत्र बोर्डले आज एक निर्देशन जारी गर्दै टिएमएसमा सुधार गर्न निर्देशन दिएको छ । अनलाइनबाट सेयर खरिदबिक्री गर्न सकिने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमसएस) बाट शेयर अर्डर गर्दा लगानीकर्ताले आफूसँग हुँदै नभएको शेयर समेत बिक्रीमा राख्ने गरेका थिए ।

नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेप्सेले आईओएन नै रोक्का गर्ने निर्णय गरेको छ । आईओएन रोक्का भएसँगै शेयर बजारमा कृतिम शेयरको माग तथा आपूर्ति घट्ने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*