आईएमई लाइफको साधारणसभा भोलि, आईपिओको एजेण्डा पारित हुँदै

३० जेष्ठ २०७८, आईतवार १४:४५

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारणसभा भोलि जेठ ३१ गते काठमाडौंबाट भर्चुअल माध्यमबाट हुँदैछ । कम्पनीको जेठ ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार भोलि साधारणसभा हुन लागेको हो । आव २०७६।०७७ को साधारणसभा भोलि विहान १०ः०० बजे केन्द्रीय कार्यालय लैनचौरमा हुने कम्पनीले जनाएको छ ।

उक्त सभा मार्फत कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ । सो कम्पनीले ६० करोड रुपैयाँको आईपिओ निष्काशन गर्दैछ ।

त्यस्तै, साधारणसभाले कम्पनीको संशोधित प्रवन्धपत्र र नियमावली अभिलेख राख्ने निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो अनुसार संचालक समितिलाई अख्तियारी दिने गरी तयार पारेको प्रस्ताव पारित गर्दैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*