हकप्रद शेयर निष्काशनका लागि शिखर इन्स्योरेन्स र एक्सेल डेभलमेन्ट बैंकद्वारा आवेदन

३० जेष्ठ २०७८, आईतवार १४:५९

काठामाडौं । शिखर इन्स्योरेन्स र एक्सेल डेभलमेन्ट बैंकले हकप्रद शेयर निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । दुई कम्पनीले ३०/३० प्रतिशत हकप्रद जारी गर्ने प्रकृया अघि बढाउँदै बोर्डसँग अनुमति मागेका हुन् ।

जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत अर्थात ५२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर निष्काशन गर्न गत जेठ २५ गते बोर्डसँग अनुमति मागेको हो ।

त्यस्तै,एक्सेल डेभलपमेन्ट बैंकले पनि ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको छ । संस्थाले एक सय अंकित दरको २४ लाख ३३ हजार ३६३ कित्ता अर्थात २४ करोड ३३ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । बैंकले गत जेठ २७ गते बोर्डमा आवेदन दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*