३६ कम्पनीको शेयर मूल्यमा सर्किट, यी हुन आज सर्वाधिक मूल्य बृद्धि भएका कम्पनीहरु

३० जेष्ठ २०७८, आईतवार १५:२५

काठमाडौं । हालसम्मकै सबैभन्दा उच्च साढे १९ अर्ब रुपैयाँको कारोबार भएको दिन नेप्सेमा ३६ कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ ।

नेप्से डाटा सेन्टरका अनुसार आइतबार श्रीइन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, आइसीएफसी फाइनान्स, कर्णाली विकास बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, पञ्चकन्या माइ हाइड्रोपावर, घलेम्दी हाइड्रोपावरको शेयर मूल्य उच्च अंकले बृद्धि भएको छ । उल्लेखित कम्पनीहरु उच्च अंकले मूल्यबृद्धि हुने टप १० कम्पनीको सूचिमा परेपनि आज ३६ कम्पनीको शेयर मूल्य समान १० प्रतिशत (प्राविधिक रुपमा १० प्लस नहुने अन्तिम बिन्दु) ले बृद्धि भएका छन् ।

त्यस्तै, आजै सर्किट लागेर कारोबार भएका अन्य कम्पनीहरुमा सिईबिडी हाइड्रोपावर, नेशनल हाइड्रोपावर कम्पनी, लुम्बिनी विकास बैंक, माउन्टेन इनर्जी नेपाल, जोशी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, ओरियन्टर होटल, सोल्टी होटल, प्रोगेसिभ फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक, जानकी फाइनान्स, हाइड्रो इलेक्ट्रीसिटी, ङादी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, पाँचथर पावर कम्पनी, आँखु खोला जलविद्युत कम्पनी, छ्याङ्दी हाइड्रोपावर, बेष्ट फाइनान्स, युनियन हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, रैराङ हाइड्रोपावर, लिवर्टी इनर्जी, तारागाउँ रिजेन्सी होटल, मन्टिपर्पोज फाइनान्स र हिमाल दोलखा हाइड्रोपावरको शेयर मूल्यमा सर्किट लागेको छ । अधिकांशको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भएको छ भने अन्तिम १० भन्दा तलको अन्तिम बिन्दुमा न्यूनतम ९.७६ प्रतिशतले शेयर मूल्य बृद्धि भएको छ । त्यस्तै अन्य आठ कम्पनीको शेयर मूल्य सर्किट नजिक अर्थात ९ प्रतिशत भन्दा बढिले बृद्धि भएको छ ।

आइतबार सर्वाधिक गुमाउनेमा नेपाल इन्स्योरेन्स युनाईटेड आईडिआई मार्दी, साधना लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक लगायतका कम्पनीको शेयर मूल्य घटेको छ । नेपाल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सर्वाधिक ४.१५ प्रतिशतले घटेको छ । अन्यको सो भन्दा कम प्रतिशतमा घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*