आज सर्वाधिक कारोबार भएका कम्पनी कुन कुन ? नेपाल पुनर्बीमाको कारोबार घट्यो

३० जेष्ठ २०७८, आईतवार १५:३५

काठमाडौं । गत तीन सातादेखि सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचिमा उच्च स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार आज भने केही घटेको छ ।

आइतबार अरुणभ्याली हाइड्रोपावरको शेयर सबैभन्दा धेरै ७२ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचिमा पर्दै आएको लुम्बिनी विकास बैंकको शेयर कारोबार आज पनि उच्च छ । सो कम्पनीको ५८ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । चौथो नम्वरमा नेपाल पुनर्बीमा कम्पनी परेको छ ।

गत सातामा सवा अर्ब रुपैयाँसम्म कारोबार हुने पुनर्बीमाको आज ५३ करोड ७३ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । त्यस्तै, ज्योति विकास बैंकको ४४ करोड ९३ लाख, अरुण कावेली पावर कम्पनीको ४० करोड ६० लाख, रसुवागढी हाइड्रोपावरको ३६ करोड, युनाइटेड मोदी हाइड्रोपावर गरिमा विकास बैंकको ३४ करोड र अपि पावरको ३३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा परेका कम्पनीहरुको कारोबार अन्य दिनको तुलनामा निकै न्यून छ । तर, साना कम्पनीहरुको धेरै कारोबार भएकोले ठूला कम्पनीको कारोबार कम भएपनि कूल कारोबार रकमले शिखर चुम्न सफल भएको छ । आइतबार सवैभन्दा कम २१ हजार २२० रुपैयाँको १०.५% एसबिएल डिवेन्चरको कारोबार भएको छ ।

stoc

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*