उपत्यकामा केही खुकुलो हुनेगरी एक साता निषेधाज्ञा लम्ब्याइयो, के–के गर्न पाइन्छ ?

३० जेष्ठ २०७८, आईतवार १७:०४

काठमाडौं । उपत्यकाका तीन जिल्लाहरुमा थप एक साताको लागि निषेधाज्ञा अवधि लम्ब्याइएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई लम्बाएर थप एक साताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा थप एक साताको लागि बढाउने निर्णय गरेको हो । तीन जिल्ला प्रशासन कार्यालयको बैठकको निर्णयअनुसार कोरोना महामारी नियन्त्रण र रोकथाम गर्न निषेधाज्ञा लम्ब्याउन परेको हो ।

असार १ गतेदेखि थप एक साताको लागि यानिकी असार ७ गतेसम्म निषेधाज्ञा केही खुकुलो हुनेगरी थपिएको काठमाडौंका जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएको छ । पराजुलीका अनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन होम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् ।

साथै जिल्ला प्रशासनकको निर्णयअनुसार उपत्यकामा पुस्तक पसल पनि बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।
केही सयमअघि बेलुकामा खाद्यान्न तथा ग्रोसरी समेत खोल्न नपाउने निर्णय भएकोमा खाद्यान्न तथा ग्रोसरी बिहान ११ बजेसम्म र अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । कृषिसम्बन्धी कार्यलाई पनि सहजीकरण गर्ने निर्णय भएको पराजुलीले बताए ।

यसअघि यातायातमा जोर–विजोर प्रणाली लागू गर्ने कुरा भएकोमा स्वास्थ्य मन्त्रालयले यो बढि जोखिम हुन सक्ने भनेपछि जोर–बिजोर प्रणाली लागू नहुने भएको छ । साथै पराजुलीका अनुसार विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रक्रियामा निस्किने व्यक्तिलाई पनि सहजीकरण गरिने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*