असार १ गतेबाट बीमा सेवा सुचारु गर्ने उपत्यका प्रशासनको निर्णय

बीमा कम्पनीका शाखा कार्यालय आलोपालो गरी खोल्न पाइने, धितोपत्र पत्र बोर्ड र बीमा समिति समेत २० प्रतिशत कर्मचारीबाट खोल्नुपर्ने
३० जेष्ठ २०७८, आईतवार १७:५०

काठमाडौं । उपत्यका प्रशासनले आगामी असार १ गते मंगलबारदेखि उपत्यकाका सबै बीमा कम्पनीहरु सुचारु गर्ने निर्णय गरेको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यही असार १ गतेदेखि बीमा सेवा सुचारु गर्ने निर्णय गरेको हो ।

आगामी असार ७ गतेसम्म निषेधाज्ञा जारी राखेको उपत्यका प्रशासनले बीमा सेवा नियमित रुपमा सुचारु गर्ने निर्णय गरेको हो । प्रशासनले बीमा सेवा, धितोपत्र बोर्ड र बीमा समितिमा आलोपालो गरी न्यूनतम् २० प्रतिशत जनशक्ति राखेर खुल्ला गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।

काठमाडौं प्रशासनको निर्देशन अनुसार आगामी मंगलबारदेखि बीमा कम्पनीका शाखा कार्यालयहरु समेत खोल्न पाउने भएका छन् । तर, शाखाहरु भने आलोपालो गरी न्यूनतम् २० प्रतिशत कर्मचारी मात्रै राखेर खोल्न पाइने, जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।


त्यस्तै बैंकहरु पनि सीमित शाखामार्फत बैंकिङ सेवा प्रवाह गर्न काठमाडौं प्रशासनले अनुमति दिएको छ । यसअघि मुख्य शाखा कार्यालय बाहेक चार वटा मात्रै शाखा सञ्चालन गर्न दिँदै आएकोमा अब उक्त दायरामा बृद्धि गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए । अत्यावश्यक सेवा अन्तर्गत रहेको बीमा सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका थिए ।

 

हेरौं काठमाडौं प्रशासनको आदेशको पूर्ण पाठ ।

jpg2pdf_(7)

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*