ट्याङ्कर चालकद्वारा इन्धन ढुवानी बन्द, खोप नपाउँदासम्म ढुवानी स्थगित गर्ने निर्णय

३० जेष्ठ २०७८, आईतवार १९:१५

काठमाडौं । अत्यावश्यक सेवा अन्तर्गतको इन्धन ढुवानीमा संलग्न ट्याङ्कर चालकहरुले कोरोना विरुद्धको खोप नलगाएसम्म इन्धन ढुवानी बन्द गर्ने निर्णय गरेका छन् ।

नेपाल पेट्रोलियम चालक संघका अध्यक्ष ईश्वर लामाले आज नेपाल आयल निगममा पत्र दर्ता गराउँदै कोरोना महामारीका कारण ट्याङ्क चालक तथा सह–चालकहरुमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको, केहीको मृत्यु समेत भइसकेको र थुप्रै उपचाररत रहेकोले स्वास्थ्य सुरक्षाको ग्यारेन्टी नभएसम्म इन्धन ढुवानी गर्न नसकिने जनाइएको छ ।

संघले खोपको उपलब्धताका लागी बेला बेला आयल निगम र उद्योगलाई ध्यानाकर्षण गराउदै आएको भएता पनि कुनै चासो नदेखाएकोले बाध्य भएर इन्धन ढुवानी बन्द गर्नुपरेको जनाइएको छ । संघले जतिसक्दो चाँडो स्वास्थ्य सुरुक्षा मापदण्ड अनुरुपका सामग्री तथा खोप व्यवस्था गरी इन्धन ढुवानी सुचारु गर्न नेपाल आयल निगम समक्ष माग गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*