एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

३१ जेष्ठ २०७८, सोमबार ०७:११

काठमाडौं । आज एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त, महुली लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले आरएमडिसी लघुवित्तको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि लिलामीमा ल्याएको हो ।

शेयरको मूल्य न्यूनतम ४ सय ७७ रुपैयाँ तोकिएको हुँदा आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।शेयर खरीदका लागि आवेदकले न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

बैंकले महुली लघुवित्तको संस्थापक शेयर जेठ १३ गतेदेखि ५६ हजार २७० कित्ता शेयर लिलामीमा ल्याएको हो । उक्त शेयरमा आवेदकले न्यूनतम शेयर मूल्य प्रतिकित्ता ८ सय रुपैयाँ तोकिएको हुँदा सो सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

शेयर खरीदको लागि बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम ५०० कित्ताको लागि आवेदन गर्न पाउनेछन् भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।
बैंकले मेरो माइक्रोफाइनान्सको ६० हजार ४ सय १८ कित्ता संस्थापक शेयर जेठ १७ गतेदेखि लिलामीमा विक्री खुला गरेको हो । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५७२ रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।

आवेदकले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्याक्ति, कम्पनी, संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । ३ वटै कम्पनीको बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*