अभिकर्तासँग हातेमालो गर्न बीमा समितिको आह्वान, संस्थागत अभिकर्ताको लाइसेन्स फिर्ता नहुने प्रष्टोक्ती

३१ जेष्ठ २०७८, सोमबार ००:१८

काठमाडौं । बीमा समितिले पेशागत बीमा अभिकर्ता संघ नेपालले अघि बढाएको आन्दोलनमा गम्भिर ध्यानाकर्षण भएको जनाउँदै सबै पक्षसँग हातेमालो गर्दै अघि बढ्न आह्वान गरेकोछ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज साँझ बीमा अभिकर्ताको नाममा एक ध्यानाकर्षण पत्र जारी गर्दै अभिकर्ताहरुले उठाएको माग पूरा गर्न नसक्ने स्पष्ट पार्दै बैशाख २ र जेठ २६ मा चालेका आफ्ना कदमहरुको बचाऊ गरेका छन् ।

कार्यकारी निर्देशक पौडेलद्वारा जारी ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘बीमा सेवा समाजका विभिन्न तप्का तथा न्यूनआय बर्गका व्यक्तिसम्म पु¥याउन तथा अन्तर्राष्ट्रिय अभ्यास समेतका आधारमा बीमा सेवाको पहुँच विस्तारका लागि विभिन्न पूर्ववत् रहेका व्यवस्थालाई समेटी वैकल्पिक वितरण प्रणाली बनाउन निर्देशिका जारी गरिएको स्पष्ट नै छ । तसर्थ, बीमा नियमावलीमा भएको व्यवस्थालाई कार्यान्वयनमा ल्याउनका लागि जारी गरिएको निर्देशिकालाई अन्यथा नलिन आग्रह छ ।’

बीमा समितिले बैकल्पिक वितरण प्रणाली अपनाउन नयाँ व्यवस्था गरिएको स्पष्ट पार्दै बीमा अभिकर्ताहरुलाई संयमता अपनाउन आग्रह गरेको छ । समितिले संस्थागत बीमा अभिकर्तालाई लाइसेन्स दिने निर्णय अन्तर्राष्ट्रिय अभ्यास अनुरुप भएको समेत स्पष्ट पारेको छ ।

बीमा समितिले ध्यानाकर्षण पत्रमार्फत सबैसँग हातेमालो गरेर अघि बढ्ने उल्लेख गरिएको छ । ‘बीमा सम्बन्धी प्रचलित ऐन नियमको परिधिभित्र रहेर देशमा बीमा क्षेत्रको समग्र विकास एवं विस्तारका लागि बीमक, बीमित, बीमा अभिकर्ता र सर्भेयर लगायत बीमाका सबै पक्षसँग हातेमालो गर्दै अघि बढ्न बीमा समिति प्रतिवद्ध रहेको पनि अवगत गराउन चाहन्छु’ समितिका कार्यकारी निर्देशक पौडेलद्वारा जारी ध्यानाकर्षण पत्रमा भनिएको छ ।

बीमा समितिले आज जारी गरेको ध्यानाकर्षण पत्रमार्फत बीमा अभिकर्तालाई संयम रहन आह्वान मात्रै गरेका छन् । औपचारिक रुपमा वार्तामा समेत नबोलाइएकोले जारी समस्या तत्काल हुने सम्भावना भने छैन । बीमा समितिले बैशाख २ गते बीमा अभिकर्तालाई दिएको ऋण तीन महिनाभित्र असुल गर्नुपर्ने निर्देशन र जेठ २६ मा संस्थागत बीमा अभिकर्ताको लाइसेन्स खुल्ला गर्ने निर्णयका विरुद्धमा जेठ २८ गते पेशागत बीमा अभिकर्ता संघले बक्तव्य निकालेर बीमा समितिका विरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

3 thoughts on “अभिकर्तासँग हातेमालो गर्न बीमा समितिको आह्वान, संस्थागत अभिकर्ताको लाइसेन्स फिर्ता नहुने प्रष्टोक्ती

  1. Raju sah says:

    बिमाको पहुँच बढाउन त बिमा जगतमा रहेको निराशा र विकृतिलाई अन्त गर्नुपर्छ। बिमितको निराशा अन्त गर्न दुरुत गतिमा दाबी भुक्तानी अगाडि बढाउन जरुरी छ। कोरोना बिमामा भएको ढिलाई समग्र बिमा जगतलाई निरूत्साहित बनाएको छ । बिमा समिति समयमै दाबी भुक्तानीको लागि कम्पनीलाई निर्देशन नदिदा झन कम्पनी, बिमा समिति र समग्र बिमा बजार शंकाको घेरामा छ। त्यस कारण समयमै दावी भुक्तानीको लागि बिमा समिति निर्देशन जारी अन्तयन्त जरुरी छ । समयमै बिमित दावी पाए निराशा आशामा बदलिन्छ महोदय ।
    अर्को कुरा लाखौको संख्यामा रहेको अभिकर्तालाई शिक्षित बनाउन पाए बिमा जगत र समग्र अर्थतन्त्रको लागि आर्थिक क्रान्ति हुनेछ। लाखौ युवा रोजगारी पाउने छन । अभिकर्ताको शिक्षा प्रणालीलाई जोड दिएम भने म दावाको साथ भन्न सक्छु द्रुत गतिमा बिमाको पहुँच बढाउन सकिन्छ।
    तर बिमा समिति बिमाको पहुँच बढाउने बहानामा पुन्जीपतिलाईहरूलाई शक्तिमान बनाउने खेलमा लागेका छन । लाखौ नेपालीलाई बेरोजगार बनाउने खेलमा छन ।
    बिमा समितिको पछिल्लो गतिविधि माथि कडा भन्दा कडा विरोध गर्ने कार्यमा सबै एकजुट भएको र जुनसुकै बेला सडक देखि सदन सम्म तातिन सक्छ । त्यस कारण बिमा समिति समयमै सचेत बनिदिनुहोस। खाने दाँत र देखाउने दाँत बिमा समितिको एउटै होस कामना ।

  2. Shyam Shrestha says:

    यो बिमा समितिको अध्यक्षले स्कुले जिबनमा पैसाले पैसा तान्छ भन्ने विषय नै पढ्नु भएन छ क्यारे।अभिकर्तालाई लगानी गरेको लोनले बिमा ब्यबसाय नै बढ्ने हो भन्ने कुरो बिर्सनु भए छ साथीहरू अब कसरी सम्झाउने होला..?

    1. Saurav says:

      Loan clear garne ho vane policy cancelled garna Pani Dinu parxa. Hoina vane commition bata tirne ho loan

Leave a Reply to Raju sah Cancel reply

Your email address will not be published. Required fields are marked *


*