सिमी र काउलीको भाउ आकासियो, अधिकांश तरकारीको मूल्य वृद्धि

२२ बैशाख २०८३, मंगलवार ०८:२२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार काउलीको भाउ आकासिएको छ भने अधिकांश हरियो तरकारी र फलफूलको मूल्यमा वृद्धि भएको छ।

आज एकैदिन लोकल घिउ सिमी ९५.५६ प्रतिशत, स्थानीय काउली ६७.५० प्रतिशत, ज्यापु काउली ६३.६४ प्रतिशत, हाइब्रीड काँक्रो ५८.३५ प्रतिशत र लोकल काँक्रो २६.६७ प्रतिशतले महंगिएको छ।

त्यसैगरी लाम्चे भन्टा २८.५७ प्रतिशत, हाइबीड घिउ सिमी ४४.४४ प्रतिशत, डल्ले भन्टा र घिरौला २२.२२ प्रतिशत, तीते करेला १९.२८ प्रतिशत, लोकल बन्दा ३०.५७ प्रतिशत र पालुगो साग २० प्रतिशतले महंगिएको छ।
हिजो र आजको औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*