खानीखोला हाइड्रोपावरको शेयर कारोबार आजदेखि फुकुवा

३१ जेष्ठ २०७८, सोमबार ११:१७

काठमाडौं । खानीखोला हाइड्रोपावरको शेयर कारोबार आजदेखि लागू हुने गरी नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले फुकुवा गरेको छ ।

नेप्सेले सो कम्पनीले वित्तीय विवरणहरु पेश नगरेको भन्दै कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । आज सोमबारदेखि कम्पनीको शेयर कारोबार नै फुकुवा भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार सो कम्पनीले मिति २०७८/०२/२६ गते कम्पनीको लगइनबाट नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी कम्पनीका वित्तीय विवरणहरु अपलोड गरेकाले नेप्सेद्धारा शेयर कारोबार फुकुवा गर्ने निर्णय भएको हो ।

साथै आगामी दिनमा कम्पनीले समयमै सम्पूर्ण वित्तीय विवरण अपलोड(पेश) गर्ने प्रतिबद्धतासहितको पत्र नेप्सेसमक्ष पठाएकोले आगामी दिनमा समयमै वित्तीय विवरण पेश गर्न सचेत गराउँदै शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

 

नेप्सेले जारी गरेको सूचना ः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*