बोनस शेयरको लाभांश कर बुझाउन सिटिजन्स बैंकको आग्रह

३१ जेष्ठ २०७८, सोमबार १२:४३

काठमाडौं । दुई आर्थिक वर्षको १८ प्रतिशत लाभांश बापत आफ्ना शेयर धनीहरुलाई बोनस शेयर वितरण गर्ने निर्णय गरेको सिटिजन्स बैंकले उक्त बोनस शेयरबापतको नेपाल सरकारलाई बुझाउनुपर्ने लाभांश कर जम्मा गर्न सुचना जारी गरेको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षमा १२ प्रतिशत र गत वर्ष ६ प्रतिशत सहित कूल १८ प्रतिशत बोनश शेयर बापतको लाभांश कर बुझाउन सबै लगानीकर्तालाई आग्रह गरेको हो । बैंकले कर वापत लाग्ने नगद लाभाशं भने शेयरधनी आफैले जम्मा गर्नुपर्ने बैंकले जनाएको छ । लाभांश कर बापतको रकम नेपाल सरकारलाई नबुझाउने शेयरधनीहरुको खातामा शेयर नजाने बैंकले जनाएको छ ।

बैंक साविक तिनाउ मिसन डेभलपमेन्ट बैंकको बोनस शेयर मार्फत लाग्ने कर बुझाउन बाँकी रहेकोले सोही बैंकका लगानीकर्ताहरुलाई यस्तो आग्रह गरेको बैंकले जनाएको छ । बैंकका अनुसार आर्थिक वर्ष २०७५।०७६ र आव २०७६/७७ को कर बापतको रकम भुक्तानी गर्न बाँकी रहेका शेयरधनीहरुलाई कर बापतको रकम जम्मा गरी सो जम्मा गरेको भौचर शेयर रजिष्ट्रार कम्पनी सिबिआईएल क्यापिटलमा पठाउन भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*