हिजो घटेको नेपाल इन्स्योेन्समा आज बढेर सर्किट लाग्यो, यी हुन आजका सर्वाधिक कमाउने कम्पनीहरु

३१ जेष्ठ २०७८, सोमबार १५:३८

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा हिजो सर्वाधिक शेयर मूल्य घटेर कारोबार भएको नेपाल इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा आज उच्च अंकले मूल्य बृद्धि हुँदा सर्किट लाग्न पुगेको छ । हिजो ४ प्रतिशतभन्दा बढिले घटेको नेपाल इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा आज १०४ अर्थात १० प्रतिशतले बृद्धि भई ११४४ रुपैयाँ पुगेको छ । कम्पनीको शेयर मूल्य आज १० प्रतिशतको दरले बृद्धि हुन पुगेको छ ।

साताको दोस्रो दिन सोमबार ११ कम्पनीको मूल्यमा सर्किट लागेर कारोबार भएको छ । नेप्सेका अनुसार आजै मात्रै कारवाही फुकुवा भई कारोबार सुरु भएको खानीखोला हाइड्रोपावरको शेयर मूल्यमा पनि सर्किट लागेको छ । त्यस्तै, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, ङादी हाइड्रोपावर, ओरियन्टल होटल, सिईबिडी हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल, युनियन हाइड्रोपावर र हाइड्रो इलेक्ट्रिसिटीको शेयर मूल्य उच्च अंकले बृद्धि भएको छ ।

सोमबार सबैभन्दा धेरै माउन्टेन हाइड्रोपावरको कम्पनीका लगानीकर्ताले गुमाएका छन् । सो कम्पनीको शेयर मूल्य ५ प्रतिशतले घटेको छ । त्यस्तै, अरुणभ्याली हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावरको मूल्य पनि घटेको छ । त्यस्तै, गुडविल फाइनान्स र ग्रिनलाइफ हाइड्रो पावरको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*