३ हजार माथी पुग्यो नेप्से, १८ अर्ब भन्दा बढिको कारोबार

३१ जेष्ठ २०७८, सोमबार १५:४०

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा छलाङ्ग आएको छ । आज नेप्से परिसूचक ४२ दशमलव ७२ अंकले बढेर ३०२५.८३ विन्दुमा पुगेको छ । नेप्से आज उत्कृष्ट अंकले बृद्धि भई ३ हजार भन्दा माथिको अंकमा पुगेको हो ।

आज २२१ कम्पनीको ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५१८ रुपैंयाको कारोबार भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*