आइपीओ पारित गर्दै आइएमई लाइफको साधारण सभा सम्पन्न

३१ जेष्ठ २०७८, सोमबार १६:५३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित भइ सम्पन्न भएको हो ।

कम्पनीको मिति २०७८/०२/३१ गते  यानिकी आज भएको साधारणसभा कम्पनीकै रजिस्टार्ड तथा कर्पोरेट कार्यालय लेनचौर काठमाडौंमा भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको हो ।

सो सभामा कम्पनीको आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, कम्पनीले धितोपत्र दर्ता गरी प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित भएको छ ।

साथै आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धीत अनुसूचि तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित भएको हो ।

कोरोना महामारीको कारण सरकारले लगाएको निषेधाज्ञामा कम्पनीले साधारणसभा भिडियो कन्फरेन्स मार्फत सम्पन्न गरेको होे । सो सभामा संचालक समिति तथा व्यवस्थापन समितिका सदस्य तथा विभागीय प्रमुखहरु प्रत्यक्ष उपस्थित रहेका थिए । अन्य शेयरधनीहरु भने भिडियो कन्फरेन्समार्फत नै उपस्थिति रहेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*