नेपाललाई मध्यमस्तरको मुलुकमा स्तरोन्नती गर्न सिफारिस

३१ जेष्ठ २०७८, सोमबार १७:२३

काठमाडौँ । नेपाललाई न्यून आय भएको मुलुकबाट मध्यमस्तरको आय भएको विकासशील मुलुकको रुपमा स्तरोन्नती गर्न सिफारिस गर्दै नेपाल सक्षम रहेको भन्दै आगामी महासभामा अनुमोदनका लागि पेश गर्न लागेको छ ।

नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रुपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको हो । तर यो सम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङघको आगामी महासभाबाट पारित गर्ने तयारी रहेको छ ।

सेप्टेम्बर महिनामा बस्ने राष्ट्रसङ्घको महासभामा प्रस्ताव अनुमोदनका लागि राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्ले प्रस्ताव पेस गर्न सैद्धान्तिक सहमतिसमेत प्रदान गरिसकेको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख अमृत राईका अनुसार स्तरोन्नतिका लागि तय गरिएका तीन मापदण्डहरु कूल राष्ट्रिय आयमा प्रतिव्यक्ती आम्दानी, मानव सम्पत्ति सूचकाङं र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङं मध्य दुई वटा सन् २०१५ र एक सन् २०१८ मा पुरा गरिसकेको जनाउदै त्यो बेला हामीले प्राकृतिक विपत्तिको सामना गर्नुपरेकोले स्तरोन्नति हुने बिषयलाई थाँती राख्न अनुरोध गरेका र अब यो अनुमोदन हुने चरणमा प्रवेश गरेको जनाइएको छ ।

संयुक्त राष्ट्रसङघको आर्थिक तथा सामाजिक परिषद्को हालै न्यूयोर्कमा सम्पन्न बैठकले समेत नेपाललाई कम आय भएको मुलुकबाट मध्यमस्तरको आय भएको मुलुकका रुपमा स्तरोउन्नति गर्न नेपाल समक्ष भएको सिफारिस गर्दै आगामी महासभामा अनुमोदनका लागि पेश गर्न लागेको छ । नेपाल स्तरोउन्नति दिने निर्णय अनुमोदन गरेपछि सङ्क्मणकालीन व्यवस्थापनका लागि थप कार्ययोजना बनाउन तीन बर्षको समय रहेकोमा बिश्वव्यापी रुपमा फैलिउको कोरोना भाइरसले गर्दा नेपाल सरकारको अनुरोधमा थप दुई बर्ष थप गरी २०२६ सम्मलाई तोकिएको छ ।

गत फागुन महिनामा विकासका लागि नीति नामको राष्ट्रसङ्घीय समितिले नेपाल समक्ष भएको भन्दै सिफारिससमेत गरेको थियो । स्तरोउन्नति भए पच्श्रात् सामाना गर्नु पर्न चुनौतिहरुको रणनीति तय र आवश्यक पर्ने बजेटसोत तर्जुमा गर्नुपर्ने हुन्छ । स्तरोउन्नति राष्ट्रको रुपमा सिफारिस भए पछि अन्तर्राष्ट्रिय सहायता समूहले प्रदान गर्ने विभिन्न अनुदान तथा सहायता कार्यक्रम ककटौती हुने तथा निर्यातजन्य व्यापारमा थप कर भार वहन गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रतिस्पर्धी क्षमता कमजोर हुने लगायतका चुनौतिहरु रहेकोले आवश्यक रणनीति तय गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय योजना आयोगमा एक संयन्त्र निमार्ण गरी काम गर्ने नेपालको तयारी रहेको छ । नेपाल विगत ५० वर्ष देखी अल्पविकसित रहेकोमा सन् १९७१ मा नेपाल कम विकसित मुलुकका रुपमा सूचीकृत भएको थियो । अल्पविकसित बाट कम विकसीतमा पुग्न ५० वर्ष लागेको नेपाललाई मध्यमस्तरको मुलुकमा पुग्न पनि करिब ५० लाग्यो । रासस ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*