जर्मनीले नेपाललाई चार अर्ब ८० करोड अनुदान दिने

३१ जेष्ठ २०७८, सोमबार १८:४८

काठमाडौं । । जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोग स्वरुप चार अर्ब ८० करोड रुपैयाँभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

उक्त समझदारीपत्रमा नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गरेको जर्मनीस्थित राजदूतावासले जानकारी दिएको छ। नेपाल र जर्मनीबीच जारी द्धिपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायताललाई निरन्तरता दिने समेत निर्णय गरेको छ ।

सो अनुदानको रकम नेपालको मध्ये तथा सुदूरपश्चिमका क्षेत्रमा उर्जा तथा नविकरणीय उर्जा , दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका लागि प्रदान गरिने दूतावासले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*